

पश्चिमी वायु बाहिरिँदै : पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली



काठमाण्डाै
पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन ।
यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि भने देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ । यस्तै, भोट हाल्ने दिन आउँदो आइतवार पनि सामान्यतया मौसम सफा नै रहने अनुमान छ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया