

विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुल्यो, अब ५ सय रुपैयाँ तिरेर मात्रै हेर्न पाइने





काठमाण्डाै
नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ ।
ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले निरन्तरता नदिएपछि विवाद सकिएको हो ।
अदालतको यो निर्णयसँगै विश्व कप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुलेको छ । मिडिया हबले नेपाली ग्राहकले थप पाँच सय रुपैयाँ तिरेर फुटबलको लाइभ हेर्न पाउने निर्णय गरिसकेको छ ।
विश्व कपलाई नै लक्षित गरेर मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार नयाँ च्यानल हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया