

दोस्रो एक दिवसीय खेलमा नेपालसँग युएई पराजित


काठमाडौं
संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो एक दिवसीय खेलमा बुधवार नेपालले ३ विकेटको जित निकाल्दा तीन एक दिवसीय खेलको श्रृंखला बराबरी भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा युएई दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर भेटाउँदा श्रृंखला बराबरी भएको हो ।
खराब ब्याटिङ शुरुवात गरेको नेपालको इनिङलाई आरिफ शेख र गुल्सन झाले सम्हाले । आरिफले ३३ रन जोड्दै अविजित रहे । ६ विकेटको क्षति हुँदा १ सय ६ रन जोडेको नेपालका लागि गुल्सन झाले ३७ रन जोडेपछि नेपालको इनिङ १ सय ६८ मा पुगेको थियो । यस्तै ज्ञानेन्द्र मल्लले २६ रन जोड्दा कुशल भुर्तेलले ३५ तथा दीपेन्द्र सिंह ऐरीले १३ रनको पारी खेलेका थिए ।
ओपनर अर्जुन साउद शुन्यमा पवेलियन फर्किएको खेलमा आसिफ शेख ६ रनमा आउट भए । नेपालले १९ रन अतिरिक्त पाएको थियो । बलिङतर्फ युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य प्रश्तुत गरेको थियो । युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ९१ रन जोड्दा ओपनर मुहामद वासिमले अर्धशतकीय पारी खेले । कुनै समय १० ओभरमा बिना विकेट क्षति ७० रनमा खेलिरहेको युएईले थप १ सय २१ रन जोड्दा १० विकेट गुमाउनु पगेको थियो ।
युएईका ओपनर मुहामद वासिमले ५० रन जोडे । वासिमले ४६ बलमा ३ चौका र ४ चौका प्रहार गरे । यस्तै अलिशन शराफूले ३५ रन जोड्दा वृत्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४ रन जोड्ने क्रममा पवेलियन फर्किंदा कप्तान सीपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रनको योगदान गरे ।
अघिल्लो खेलमा भन्दा केही किफायती बलिङ गरेको नेपालका सोमपाल कामी र ललित राजवंशीको समान ३ विकेट निकाले । यस्तै गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी र कुशल भुर्तेलले समान १÷१ विकेट हात पारे ।
बुधबारको खेलसँगै तीन एक दिवसीय श्रृंखला १–१ को बराबरी भएको छ । यसअघि पहिलो खेलमा नेपाल ८४ रनले पराजित गरेको थियो । तेस्रो तथा निर्णायक खेल शुक्रवार हुनेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया