

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त



कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ ।
पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि समानुपातिकतर्फबाट सांसद बनेका खड्का अहिलेको चुनावमा पनि उम्मेवारको आकाङ्क्षी हुनुहुन्थ्यो तर पार्टीले विन्दुकुमार थापालाई टिकट दिएको छ । टिकट नपाएपछि खड्काले आफ्नै पार्टीका थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै मुख्यमन्त्रीले मन्त्रीबाटै बर्खास्त गर्नुभएको हो ।
खड्का २०७८ साउन ८ गते मन्त्रीमा नियुक्त हुनुभएको थियो ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया