

पाकिस्तानसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा


काठमाण्डाै
पाकिस्तानसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेलीकाे घाेषणा गरिएकाे छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज शुक्रवार पाकिस्तानसँगकाे मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टाेली घाेषणा गरेकाे हाे ।
घाेषणा गरिएकाे टाेलीमा नियमित कप्तान तथा गाेलकिपर किरण चेम्जाेङलाई विश्राम दिइएकाे छ । चेम्जाेङ व्यावसायिक फुटबलका लागि भारतमा छन् ।
नेपाल र पाकिस्तानबीच दशरथ रङ्गशालामा कात्तिक ३० गते मैत्रीपूर्ण फुटबल हुँदैछ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।
यस्ताे छ नेपाली टाेली
गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ र निशान खड्का
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आवाश लामिछाने
फरवार्ड : अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया