घरदैलोमा मत माग्न ब्यस्त छन् उमेदवार गुरुङ

रामबहादुर गन्धर्व – २४ कार्तिक -कपिलवस्तु । मंसिर ४मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदकाे निर्वाचन प्रचारप्रसारले तिब्र रूप लिएको छ। यतिबेला कपिलवस्तुकाे राजनीतिक र स्वतन्त्र उम्मेदवार आ आफ्नाे चुनावी प्रतिबद्धता लिएर मतदाताहरूकाे घरदैलोमा ब्यस्त छन् ।कपिलवस्तु क्षेत्र न.१का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार ललित गुरूङले पनि चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सभापति समेत रहेका गुरूङले ४०बर्ष लामो राजनीति गर्दै आउदा समेत पार्टीले आफुलाई बेवास्ता गरेपछि ,असन्तुष्ट भई काँग्रेस कार्यकर्ताकाे दवावमा उम्मेदवारी दिएकाे बताउदै जनताकाे घरदैलोमा मत माग्न ब्यस्त रहेका छन् । जिल्लाकाे विभिन्न वार्डमा घरदैलो गर्ने क्रममा पार्टीले भन्दा आफुले बढी मत पाउने समेत दावी गरेका छन् ।मतदाता भेटघाटका क्रममा गुरूङले आफुलाई मत दिएर जिताउन आग्रह गर्दै प्रतिस्पर्धामा गठबन्धनकाे भन्दा बढि मत आफ्नाे पक्षमा रहने खुलिसकेकाे भन्दै ,यसपालिको जित आफ्नै हुने बताए । पार्टीप्रति अबिश्वास बढिरहेको बेला जनताकाे स्वतन्त्र तर्फ आकर्षण बढदै गएको हुनाले जनताको मन जित्न सफल भएको बताएका छन् । स्वभिमानि नेताका रूपमा परिचित ललित गुरूङले नेपाली काँग्रेसले गठबन्धनको नाममा कपिलवस्तुमा आफ्नाे राजनीति कमजोर बनाएकाे भन्दै । काँग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले आफुलाई मत दिने कुरामा दुई मत नरहेको बताएका छन् ,साथै कपिलवस्तु क्षेत्र न.१का प्रतिनिधि सभाकाे स्वतन्त्र उम्मेदवार बन्नु भएका ललित गुरूङले सत्ता,स्वार्थका लागि जे जस्ता गठबन्धन भए ता पनि आम काँग्रेस कार्यकर्ता आफ्नाे पक्षमा रहेको बताउदै ,मतदाताले पनि आफुलाई उत्साहजनक साथ समर्थन गरेको बताएका छन् ।

प्रतिक्रिया

खबर सबै