

बेलायतका मन्त्रीले ताइवान भ्रमण गरेपछि चीनको आपत्ति

एजेन्सी
बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सले ताइवान भ्रमण गरेपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गरी ताइवान पुग्ने मन्त्री ग्रेग पछिल्लो विदेशी हुनुहुन्छ ।
चीनको सार्वभौमसत्तालाई बेलायतले सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा बेइजिङको जोड छ । ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न पनि चीनले आग्रह गर्दैै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको समाचार संस्था एपीले जनाएको छ ।
बेलायतका मन्त्री ग्रेगले दुईदिने भ्रमणका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनलाई भेट्नुभएको थियो । बेलायत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उहाँ ताइपेइ पुग्नुभएको थियो । ताइवानले अहिलेसम्म १४ देशसँग मात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइवान वञ्चित हुँदै आएको छ । यसअघि अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–अमेरिका विवाद बढेको थियो ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया