

क्षयरोग मुक्त्त नेपाल घोषणाका लागि बाणगंगामा शुक्ष्म योजना निर्माण


राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्र्तगत वडा स्तरीय शुक्ष्म योजना निर्माणको कार्यक्रमलाई तिव्रता दिइएको छ । केही दिन अघि वडा नम्बर १ बाट थालिएको यो कार्यक्रम आज सोमबार वडा नम्बर ८ अन्र्तगत मोतिपुर स्वास्थ्य चौकीमा सम्पन्न गरिएको छ ।
वडा वडा र टोलटोलमा रहेका क्षयरोगीहरुको पहिचान गरी उनीहरुलाई उपचारको दायरामा ल्याउने र उपचार पश्चात नेपाललाई क्षेयरोग मुक्न नेपाल घोषणा अभियान अन्र्तगत हाल बाणगंगाका सबैजसो वडामा क्रमैसँग शुक्ष्म योजना निर्माणको काम भइरहेको छ । मोतिपुर स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले कार्यक्रमको सहजिकरण सँगै क्षेयरोगको वर्तमान अवस्था बारे जानकारी गराउनुभएको छ । उहाँका अनुसार मोतिपुर स्वास्थ्य चौकीको सेवा क्षेत्रमा अहिले सम्म २० जना क्षयरोगी पुष्टी भएका छन् ।
यस्तै नेपालबाटै क्षयरोग निर्मूल पार्ने अभियानका विषयमा नगरापलिकाका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले प्रकाश पार्नुभयो । उहाँले क्षयरोगको परिचय, लक्ष्यण, उपचार विधि र रोगको विश्वव्यापि अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
नेपालमा अहिले क्षयरोगका बिरामी थपिने संख्या भारी रूपमा बढीरहेको छ । साथमा हामीले उपचार गरेर निको बनाउन सफल भएका उदाहरण पनि उही गतिमा बढी छ । तर कतिपय अवस्थामा आफूलाई क्षयरोग भयो भनेर उपचारका लागि अस्पताल नआउनेको संख्या पनि ठूलो संख्यामा रहेकोले यो हामीहरूको मुख्य चुनौतीको रूपमा रहेको छ ।
पहिले वार्षिक ४२ हजारले क्षयरोगका बिरामी थपिन्छन् भन्ने आँकडा रहेकोमा अहिले त्यो संख्या ६८ हजार पुगेको छ । यसमा निको भएर फर्किनेको संख्या समावेश छैन । उपचारको लागि आएकामध्ये ९० प्रतिशतलाई पूर्ण रुपमा निको गरेर पठाउने गरिएको छ । तथ्यांक अनुसार अहिले पनि कुल क्षयरोगीहरूमध्ये ५० प्रतिशत अझै पनि उपचारको दायरामा नआएको आँकडा छ । यसको मुख्य कारण भनेको क्षयरोग छातीमा मात्रै हुन्छ भन्ने धेरैमा रहेको भ्रम हो।
क्षयरोग छातीमा मात्रै नभएर हड्डीको क्षयरोग आन्द्रामा हुने क्षयरोग, गिदीमा क्षयरोग, डिम्बाशय आदि अनेक ठाउँमा हुन सक्छ । फोक्सोमा हुने क्षयरोगमा धेरै खोकी लाग्ने र छाती दुख्ने भएकोले परीक्षण गर्न आउँछन् तर अन्य अंगको क्षयरोगबारे परीक्षण गर्न नआउने गरेकोले समस्या सिर्जना हुने गरेको हो । अहिले नेपालमा बच्चामा हुने क्षयरोग सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ ।
कपिलवस्तुको बाणगंगामा गत वर्ष मात्रै १७४ जना क्षयरोगी थिए । यसवर्ष पनि सो संख्या अझ बृद्धी भएको हुन सक्ने भन्दै नगरपालिकाले क्षयरोगीको पहिचालनका लागि टोलटोलमा स्कृनिङ शिविर संचालन गर्ने तयारी पनि गरिएको छ । यो शिविर बाणगंगामा मंसिर र पुष महिनामा गरिने मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष तथा मोतिपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अर्याल, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, कार्यपालिका सदस्य, टोलविकास संस्थाका पदाधिकारी स्वासथ्य स्वयसमेवीका तथा स्वास्थ्यकर्मी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्षयरोग फोकल पर्सन विष्णु आचार्य लगाएतले क्षेयरोगको पहिचान, उपचार र निर्मूल पार्ने उपाय बारे जानकारी गराउनुभएको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया