

चुनावी प्रचार गर्दा भारतीय नम्बरकाे गाडीको ठक्करबाट बालिकाको मृत्यु



सर्लाही
सर्लाहीको गोडैता नगरपालिका १,बहादुरपुरमा शनिबार साँझ चुनावी प्रचारमा हिँडेको भारतीय नम्बरको स्कारपियोको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । गोडैता नगरपालिका १,बहादुरपुरमा शनिबार साँझ चुनावी प्रचारमा हिँडेको विएल डिएल ४ सीए ०१९७ नम्बरको भारतीय स्कारपियोको ठक्करबाट स्थानीय हरिन्द्र पासवानकी अन्दाजी २ वर्षिय छोरी सूधा कूमारी पासवानको ज्यान गएको प्रहरीले जनाएको छ ।
चुनावी प्रचारमा हिँडेको डिएल ४ सीए ०१९७ नम्बरको भारतीय स्कारपियामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश महतो कुशवाहाको ब्यानर लगाइएको स्थानियले बताएका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनूभयो । उनका अनुसार ठक्कर दिने चुनावी प्रचारमा हिँडेको डिएल ४ सीए ०१९७ नम्बरको भारतीय स्कारपियो र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवा नियन्त्रण रहेका छन ।
पटक पटक भारतिय सवारी साधनहरुको ठक्करबाट नेपाली नागरिकको ज्यान जाने गरेको भएपनि निर्वाचनको समयमा उम्मेदवारहरुले चुनाव प्रचार प्रसारमा प्रयोग गर्ने भारतिय नम्बरका सवारी साधनहरुबाट नेपाली नागरिकको ज्यान जाने क्रम रोकिएको छैन । निर्वाचन आचारसंहिता अनुसार भारतिय नम्बरका सवारी साधनहरुको प्रयोग गर्न नपाईने भएपनि जिल्लाका सबै राजनैतिक दलका नेताहरुका साथै उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले पनि भारतिय नम्बरका सवारी साधनहरुको निर्धक्क रुपमा प्रयोग गरि रहँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया