

दाङमा किशोर–किशोरीको हत्या प्रकरण : ४ जना पक्राउ



दाङ
दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी वीरबहादुर ओलीले बताए । एसपी ओलीले भने– ‘४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौं ।’
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
दाङमा चल्ने बसमा काम गर्ने एकजना किशोर र मृतक किशोरीसँग परिचित युवकलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो । ती युवकले मृतक किशोरीको सिमकार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । मृतक असोज २७ बाट हराएका थिए ।
शरद र रोशनी एउटै स्कुलमा पढ्थे । दमारगाउको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् । उनीहरू दुई एक आपसमा नजिक रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया