

धमलाको कार्यक्रममा भयो हमला, केहि घाइते



रूपन्देही । रुपन्देही क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार प्रमोद यादवले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम आफ्नो पहलमा भएको भनेपछि स्थानीयले झुटो बोलेको भन्दै हुटिङ गर्दा लफडा भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।मर्चवारमा शुक्रबार ऋषि धमलाले क्षेत्र नं ४ का ४ जना उम्मेदवार राखेर गरेको चुनावी बहसमा कांग्रेस उम्मेदवार यादवले बेलबास–बेथरी–मर्चवार सडक, झुलनीपुर–सिपवा सडक र विभिन्न विद्यालयमा वजेट आफ्नो पहलमा पारेको भनेपछि स्थानीयले विरोध गर्दै हुटिङ गरेका थिए ।
प्रमोद यादव पहिलो चरणमा बोल्ने क्रममै झुठो कुरा भन्दै हुटिङ भएको थियो । केपी ओली नेतृत्वको सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा सडक विस्तार गर्ने कार्यक्रमअन्तर्गत बनेका सडकलाई प्रमोद यादवले आफूले बजेट पारेको भनेपछि लफडा भएको स्थानीयको भनाई छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया