

न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हरायो

काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ । एडिलेडमा आज शुक्रवार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हरायो ।
न्युजिल्यान्डले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । उसका लागि पउल स्टर्लिङले ३७ र एन्ड्रियु बलबिर्नेले ३० रन बनाए । बलिङतर्फ लकी फर्गुसनले तीन तथा टिम साउथी, मिचेल स्यान्टनर र इश सोधीले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८५ रन बनायो । उसका लागि केन विलियमसनले ६१, फिन एलेनले ३२ र ड्यारी मिचेलले नटआउट ३१ रन बनाए ।
यो जितसँगै न्युजिल्यान्ड पाँच खेलमा सात अङ्कसहित समूह-१ को तालिकाको शीर्ष स्थानमा छ । आयरल्यान्ड भने तीन अङ्कसहित पाँचौँ स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया