

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र गण्डकी विजयी

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बुधवार भएको खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई आठ विकेटले हरायो । बाग्मतीले दिएको एक सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा दुई विकेट गुमाएर भेटायो । उसका लागि देव खनालले नटआउट ७७ रन बनाए । यसअघि पहिले ब्याटिङ गरको बाग्मतीका लागि ज्ञानेन्द्र मल्लले ३३ र दुर्गेश थापाले ३२ रन बनाएका थिए । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेनले चार विकेट लिए ।समूह बीु मा एक खेल खेलेको लुम्बिनी दुई अङ्कसहित दोस्रो स्थानमा छ । तीन वटै खेल हारेको बाग्मती पुछारमा छ ।
अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले हरायो । गण्डकीले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । उसका लागि हिमांशु शाहीले ६९ र रवीन्द्र शाहीले ४२ रन बनाए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारी र चन्द्र पौडेलले तीनरतीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि अभिषेक बस्नेतले ५१, अर्जुन कुमालले ४९ र विधान श्रेष्ठले ४६ रन बनाए । लगातार दोस्रो जितसहित गण्डकी समूह ुएु को दोस्रो स्थानमा पुगेको छ । कर्णाली तेस्रो स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया