

आईसीसी टी–२० विश्व कप : अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले आयरल्यान्डलाई हराएको छ । आज सोमवार ब्रिस्बेनमा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हराएको छ ।
ब्रिस्बेनमा अस्ट्रेलियाले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयो । उसका लागि लोरकन टकरले ७१ बनाए । बलिङतर्फ अस्रट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्सेल, मिचेल स्टार्क र एडम जाम्पाले दुई÷दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । उसका लागि एरोन फिन्चले सर्वाधिक ६३ र मार्कुस स्टोनिसले ३५ रन बनाए । बलिङतर्फ आयरल्यान्डका ब्यारी म्याक कार्थीले तीन र जश लिटिलले दुई विकेट लिए ।
जितसँगै अस्ट्रेलिया चार खेलमा पाँच अङ्कसहित समूह ’१’ को दोस्रो स्थानमा पुगेको छ । तीन अङ्क भएको आयरल्यान्ड चौथो स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया