

शेयर बजार दोहोरो अङ्कले बढ्यो, झन्डै ७० करोड रुपैयाँको कारोबार



काठमाण्डाै
तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढेको छ । शेयरबजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज विकास बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । दुई सय २४ वटा कम्पनीकाे २५ लाख ७४ हजार कित्ता शेयर ६९ करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सयपत्री हाइड्रोको शेयर १० प्रतिशत र नेपाल एसबीआई बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि अपर हेवाखोला जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया