

निर्वाचन आयोग र सर्वोच्च अदालत पार्टीको कार्यालय भयो : समाजवादी नेता गुरुङ



बुटवल
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गरुङले सर्वोच्चको फैसलामाथि टिप्पणी गरेका छन् । गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यलय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हन् । गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदारी दिए पनि उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारे गरेको थियो । आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिबार बुटवलमा आयोना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि खनिएका हुन् । रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका बिष्णु पौडेल एकल रुपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्यासित रुपमा उजुरी परेको उनले उल्लेख गरे । आफू जस्तै मुलुकभर १५२ ना उम्मेदवारको कम्पनी कालो सूचिमा भएपनि उनीहरु उम्मेदवारी खारेज नभई आफ्नो मात्र भएको भन्दै गुरुङले आक्रोश पोखे ।
गुरुङको उम्मेदारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापालाई समर्थन गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया