

निर्वाचन आयोग र सर्वोच्च अदालत पार्टीको कार्यालय भयो : समाजवादी नेता गुरुङ



बुटवल
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गरुङले सर्वोच्चको फैसलामाथि टिप्पणी गरेका छन् । गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यलय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हन् । गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदारी दिए पनि उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारे गरेको थियो । आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिबार बुटवलमा आयोना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि खनिएका हुन् । रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका बिष्णु पौडेल एकल रुपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्यासित रुपमा उजुरी परेको उनले उल्लेख गरे । आफू जस्तै मुलुकभर १५२ ना उम्मेदवारको कम्पनी कालो सूचिमा भएपनि उनीहरु उम्मेदवारी खारेज नभई आफ्नो मात्र भएको भन्दै गुरुङले आक्रोश पोखे ।
गुरुङको उम्मेदारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापालाई समर्थन गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया