

अर्घााखाँचीमा उम्मेद्धार बन्जाडेलाई आयोगले सोध्यो स्पष्टिकरण


अर्घाखाँची । हाम्रो नेपाली पार्टीबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका दुर्गा प्रसाद बन्जाडेलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । पार्टीको चिह्नबाट उम्मेदवार बनेका बन्जाडेले स्वतन्त्र उम्मेदवार हुँ भनेर जनतालाई भ्रममा पारेको पाइएको भन्दै आयोगले के कति कारणले कारबाही गर्नु नपर्ने हो २४ घण्टाभित्र कार्यालयमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो ।
हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका बन्जाडेले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरेको देखिएकोले स्पष्टिकरण सोधिएको कार्यालयले जनाएको छ । उहाँले लौरो चिह्न स्वतन्त्र हो, म पनि स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार गरेको पाइयोु, जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले भने, ुजनतालाई भ्रममा पार्ने काम आचारसंहिता विपरीत हुन्छ ।
आयोगले शिक्षक, कर्मचारी तथा पत्रकारहरुलाई समेत आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । पत्रकार जितेन्द्र खत्री र सूर्यप्रसाद भुसालले आचारसंहिता विपरीत दलका उम्मेदवारलाई भोट मागेको भन्दै स्पष्टिकरण सोधिएको हो ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया