

सकियो नवौँ राष्ट्रिय खेलकुद, १ सय ७२ स्वर्णसहित आर्मी क्लबको वर्चस्व

रासस, कास्की । नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी क्लबको वर्चस्व कायम गरेको छ । आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफीसमेत उचालेको छ ।
दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १९ पदक जितेको छ । नेपाल पुलिस क्बलले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १ सय ९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।
यस्तै गण्डकी प्रदेशले ३२ स्वर्णसहित १ सय २०, बाग्मती प्रदेशले २४ स्वर्णसहित १ सय ४५, प्रदेश एकले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले १० स्वर्णसहित २६, लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक जितेका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया