

कपिलवस्तुमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका सहित जिल्लाभर आज र भोली बालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खवाइदै छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ मा महिला स्वास्थ्य स्वयमसेवीकाहरुले तोकिएका खोप केन्द्र मार्फत बालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाएका छन् ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई बुधवार र बिहीवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने सरकारको देशव्यापि कार्यक्रम अन्र्तगत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर खोप केन्द्रमा ९१ जना बालवालिकाहरु भिटामिन ए र जुकाको औषधी कार्यक्रममा सहभागि भएको महिला स्वास्थ्य स्वयमसेवीका सरस्वती थापाले जानकारी दिनुभयो ।
यस्तै बाणगंगा नगरपालिका भर करिब ७ हजार ३ सय १० जना ६ देखि ५९ महिना सम्मका बालबालिका भिटामिन ए कार्यक्रममा सहभागि हुने छन भने १ वर्ष देखि ५ वर्ष सम्मका ५ हजार ३ सय बालबालिका जुकाको औषधी कार्यक्रममा सहभागि हुने लक्षय रहेको नगर स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया