

बुटवलमा व्यवसायीहरुद्धारा ब्याज घटाउन माग गर्दै प्रदर्शन



बुटवल । बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्था आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य सङ्घको आह्वानमा विरोध प्रदर्शन भएको हो ।
बुटवल उद्योग वाणिज्य सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ, देवदह उद्योग वाणिज्य सङ्घ र सैनामैना उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका महासचिव विमलराज भट्टराईले बैङ्क तथा वित्तीय संस्थालाई सचेत गराउन साङ्केतिक विरोध गरिएको बताउँदै माग सुनुवाइ नभए अझै सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
सो अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायी तरलता अभावले झनै पिल्सिनुपरेको र त्यसमाथि बैङ्क तथा वित्तीय संस्थाले महिनैपिच्छे ब्याजदर वृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई बचाउन बैङ्कको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, अहिलेको आर्थिक सङ्कटका कारण उद्योगी व्यवसायी किस्ता ब्याज तिर्न नसक्ने अवस्थामा रहेकाले असोज मसान्तमा बुझाउनुपर्ने किस्ता ब्याज तिर्ने समयावधि थप गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी बनाउन नहुने, बैङ्कले सुरुमा लगानी गरेको ब्याजदर कम्तीमा एक वर्षसम्म ऋणीको सहमतिबिना बढाउन नपाइने, चालू पुँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले व्यवसायीको माग सुनुवाइ नगरिए उद्योगी व्यवसायी थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया