वैैकल्पिक दर्शनको कोणबाट राजनीतिलाई कसरी हेर्ने ?

नारायण खनाल । देशको पछिल्लो राजनीतिलाई बैकल्पिक दर्शनको कोर्णबाट हेर्दा मुख्यतया निम्न प्रबृत्तिहरु पाइन्छन् र ती हुन :
– भडुंवा विकासवाद ।
– सारसग्रहवाद ।
– क्रान्तिकारी रोमान्सवाद ।
– अग्रगामी धारा ।

भडुंवा विकासवाद
यस प्रकारको चिन्तन वा प्रवृत्तिको कुनै भुगोल,जात,धर्म ,देश हुदैन । ,यसले कानुन ,विधि,पद्धति ,प्रणाली त बनाउछ। आफै त्यसलाई मान्दैन । यसको कुनै निश्चित दर्शन,सिद्धान्त ,बिचार ,राजनीति ,मूल्य र मान्यता हुदैन। यसले बहुसंख्यक जनसमुदाय नै नयाँ इतिहासका वास्तवमा रचनाकार हुन भन्ने कुरा स्कावर गर्दैन ।बिहान एउटा ,दिउँसो एउटा र बेलुकी अर्को कुरा गर्छ ।यसले कुनै पनि वस्तु वा पदार्थ भित्र भइरहेको विकास र त्यस प्रकारको विकास को गति, त्यसको मात्रा र त्यसको नियम लाई बुझ्ने, विश्लेषण गर्ने र त्यसका आधारमा धारणा बनाउने, त्यो आधारमा आफ्नो समेत भुमिका शुनिश्चित गर्ने झन्झट उठाउन तयार हुदैन । बरु वस्तु र पदार्थ भित्र भइरहेको परिवर्तनको गति लाई रोक्ने त्यो संभव नभए त्यसलाई मन्दगतिमा धकेल्ने ,त्यसरी प्रकारान्तरले यथास्थितिवादी गोल चक्करमा फसाइ दिन्छ । त्यस प्रकारको चिन्तन वा प्रबृत्ति को मुख्य मित्र आन्तरिक नभयर बाह्य दृश्य र अदृश्य शक्तिमा भर परेर समाजको गुणात्मक परिवर्तनको दिशामा रहेका जनताको बिपक्षमा उभिने गर्दछ र यो ज्यादै घातक अवसरवादी प्रबृत्ति हो र यही नै अहिले बलियो देखिन्छ ।

सारसग्रहवादी चिन्तन वा दृष्टिकोण
यस प्रकारको चिन्तन वा प्रबृत्तिको बिशेषता : चरित्र तथा गुणहरु के हुन भने यसले कुनै बस्तु ,घटना ,पदार्थ ,जीवन ,मृत्यु , उज्यालो ,अध्यारो , सबल,दुर्बल, सत्य ,असत्य , न्याय ,अन्याय दिन ,रात झुट,सच , सही ,गलत , असल ,खराब ,रुप र सार जस्ता कुराको द्धोन्द्धात्मक भौतिकवादी दृष्टिकोणमा आधारित भएर धारणा बनाउने झन्झट उठाउदैन र उसले आफ्नो पिछडिएको ज्ञान सिद्धान्तको आधारमा यो पनि हो उ पनि हो भन्ने निष्कर्ष दिन्छ । प्रकारान्तरले समाज विकासको बिज्ञानको सार्वभौम सिद्धान्तको खिलापमा भ्रम श्रृर्जना गरेर परिवर्तनको प्रवाह लाई अबरुद्ध गर्ने मात्रै होइन यथास्थितिवादको गोल चक्करमै धकेलि दिन्छ ।

क्रान्तिकारी रोमान्सवाद
क्रान्तिकारी रोमान्सवाद यो पनि समाज बिकासको बिज्ञानको सार्बभौम सिद्धान्त र बिज्ञानको क्षेत्रमा विश्व ब्यापि प्रचलित सिद्धान्त र त्यसको मुल्यको प्रश्नमा देखा पर्ने ज्यादै खतरनाक चिन्तन र प्रबृत्ति हो । यस प्रकारको चिन्तन वा प्रबृत्तिको बिशेषता,चरित्र गुर्णहरु निम्न पाइन्छन् । यसले समाजमा देखा परेका राजनैतिक ,सामाजिक ,आर्थिक ,सांस्कृतिक र समाजमा हुने अन्याय ,अत्याचार ,शोषण,दमन वा विभिन्न प्रकृतिका बिकृति विसंङ्गति वा समाजिक विभेदको बिषयलाई आफ्नो मनोगत लहड र शनकको भरमा उचाल्दै आफ्नो क्यारिष्ट र चरम शत्ता महत्कांक्षा पुर्ति गर्नु रहेको हुन्छ । यसले आत्मगत र बस्तुगत परिस्थितिको समग्र लेखा जोखा गर्ने, समाजमा रहेका अन्य वर्ग वा विराधी पक्षको शक्ति ,उनीहरु भित्र भइरहेको विकास , त्यसको भावी परिणाम जस्ता बहुआयामिक पक्षहरुमाथी नजर अन्दाज गर्दछ । उनीहरुको विशेषता के हो भने परिवर्तनको निम्ति ज्यादै चर्का , नशिला, मनमोहक,उत्योजक र उत्ताउलो नारा दिने गर्दछन र यसले आफुलाइ मात्रै धुरी बनाएर सोच्ने र बेस्सरी हवाइ कल्पनामा रमाउने गर्दछन । क्रान्तिको कुरा गर्दा लोकतन्त्र बिर्सने र लोकतन्त्रको कुरा गर्दा क्रान्ति र परिवर्तनको कुरा बिर्सने चिन्तन , दार्शनिक दृष्टिकोणले अदिभुतवादी वा एकलकांटे दृष्टिकोण नै हो । यस प्रकारको निम्न पुंजिवादी अधैर्यतावादी चिन्तन र प्रबृत्तिले परिवर्तनलाई नजिक ल्याउनुको सट्टा धेरै टाढा पुर्‍याउनमा नै प्रकारान्तरले भुमिका निर्वाह मात्रै गरिरहेका हुदैनन् बल्कि परिवर्तन लाई क्षति पुर्याइ रहेका हुन्छन् र उनीहरु सानो असफलता हात लाग्ने बित्तिकै मैदान छोडेर भाग्ने गर्दछन ।

समग्रमा माथि उल्लेख गरिएका तिनै प्रकारका चिन्तन र प्रबृत्तिहरु मुलुकको अग्रगामी राजनैतिक ,सामाजिक ,आर्थिक र सांस्कृतिक परिवर्तनका बाधक तत्व हुन र यिनको समय सापेक्ष भण्डाफोर मात्रै होइन परिवर्तनका पक्षधर जनताले शक्तिशाली हस्तक्षेप गर्नेु पर्ने आवश्यकता रहेको छ ।

अग्रगामी धारा 
नयाँ वैकल्पिक दर्शन ,सिद्धान्त र राजनीतिका पक्षधरले मुलुकको समग्र अग्रगामी परिवर्तनको पक्षमा आम जनसमुदाय रहेको कुरामा विश्वास गर्दछ र त्यस प्रकारको परिवर्तनको नेतृत्व सही बैज्ञानिक ,वस्तुवादी र व्यवहारिक जनताको राजनैतिक कार्यदिशा मार्फत हुन सक्दछ भन्ने कुरामा विश्वास गर्दछ र इतिहासको मुख्य रचनाकार वास्तवमा मुठ्ठीभर शाषक वर्ग नभएर बहुसंख्यक जनसमुदायहरुनै हुने गर्दछन भन्ने कुरामा विश्वास गर्दछ । यसले समाज गतिशील छ र गतिशील सन्तुलनको सिद्धान्तको आधारमा सन्तुलित र परिपक्व ढङ्गले समग्र मुलुकको आत्मसम्मान , सुशासन र सम्बृद्धीको नेतृत्व गर्न मुलुकको जिम्मेवारी लिनुपर्ने अनिवार्य भइसकेको ठान्छ तर यो शक्ति अहिले कमजोर रहेको र यसले बिगतमा फरक प्रयोजनको निम्ति आर्जन गरेको ज्ञान सिद्धान्तको आधारमा वर्तमानमा देखा परेका समस्या वा अन्तरबिरोधहरुको हल संभव हुने छैन र त्यसका निम्ति नयाँ परिस्थितिमा नयाँ ,बर्तमान , भविश्य र परिवर्तनको निम्ति नयाँ ज्ञान र चेतना तर ,युग सापेक्ष ,परिवर्तनको धड्कन छामेर आफैले आफै लाई तयार पार्नुपर्ने आवश्यकतामा जोड दिन्छ।

एउटा कुरा के सत्य हो भने जसरी मानिस बालक ,युवा , प्रौढ हुदै बृद्ध अवस्थामा हुन्छ र एक दिन मृत्युु हुन्छ । ठिक त्यसरी नै इतिहासको रङ्गमन्चमा बर्तमानमा बिचार र उमेरले समेत असान्दर्भिक भइसकेका दल र तिनको नेतृत्व बर्गको मृत्युु अवस्यंभावी रहेको भएता पनि उसले शासन संवत् सफुर्त स् छोडिदिनेछ भनेर बिश्बास गर्नु मुर्खता ठान्छ र उनी हरु लाई इतिहासको रङ्ग मन्च बाट गलत्यायर फाल्नु पर्ने र त्यो ताकत जनतामा रहेको कुरामा विश्वास गर्दछ ।

निष्कर्ष 
मुलुकमा देखा परेका समग्र समस्या हरुको समाधान दिन अयोग्य ,असक्षम र असान्दर्भिक भइसकेका दल र तिनको नेतृत्वको योग्यता, क्षमता र विषयगत विज्ञता जनताको बीचमा उजागरभइ सकेको सन्दर्भमा उनीहरु लाई समयमै
सम्मानजनक बिदा गर्नु आजको राष्ट्रिय आवश्यकता भएको छ ।

प्रतिक्रिया