न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । निर्वाचन अधिकृतको कार्यालयले रुपन्देही २ ले उम्मेदवार गुरुङ संलग्न कम्पनी कालोसूचीमा रहेको भन्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज गरिदिएको थियो ।
निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । तत्कालका लागि गुरुङको उम्मेदवारी कायमै रहेको छ । रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि चुनावी मैदानमा छन् ।






















प्रतिक्रिया