पाल्पामा विपद् व्यवस्थापनको नमूना अभ्यास प्रदर्शन

पाल्पा । पाल्पामा विपद् ब्यवस्थापनका लागि अभ्यास प्रदर्शन गरिएको छ । विपद्का बेला सुरक्षा निकायले गर्ने उद्धारको नमूना अभ्यास गरिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी तथा जनपथ प्रहरीको संयुक्त टोलीले तानसेनमा विपद्का घटनामा परेका नागरिकको उद्दारमा अपनाउन सकिने छ प्रकारका अभ्याससहित प्रदर्शन गरेको हो ।

विपद्का घटना जस्तै अग्ला खोँचमा खसेका, दुर्घटनाबाट भीरमा फसेका गम्भीर घाइते, अचेत अवस्थाका व्यक्तिलाई सुरक्षित रुपमा उद्दार गर्न सुरक्षाका टोलीले नमूना प्रदर्शन गरेको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले अभ्याससहितको प्रदर्शन गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै