

महिला क्रिकेटमा पुलिस र लुम्बिनी सेमिफाइनलमा पुगे



कास्की । विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ुबीु बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा पुलिसले लुम्बिनीलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।
आज शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले सात विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो ।
पुलिसले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । लुम्बिनीका सात खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङतर्फ पुलिसकी ईश्वरी विष्टले चार विकेट लिइन् । यस्ते रुबिना क्षेत्री र हिरनमय रोयले दुईरदुई विकेट लिए ।
यसअघि पोखरा रङ्गशालमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक १२ रन बनाएको थियो । पुलिसका लागि कविता जोशीले नटआउट ४८, सम्झना खड्काले २९ र अप्सरी बेगमले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सुस्मिता भुषाल र मनिषा रानाले दुईरदुई विकेट लिए ।
शुक्रवारकै अर्को खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई सात विकेटले हरायो । कर्णालीले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले ६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश १ का लागि निशा शाहले १८, लखिता राजवंशीले नटआउट १४ रन बनाइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले एकरएक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली १६ ओभर १ बलमा ५३ रनमा अलआउट भयो । कर्णालीका लागि यमुना थारुले २१, विना थापाले ११ रन बनाइन् । बलिङतर्फ प्रदेश १ की लखिता राजवंशीले तीन ओभरमा एक मेडनसहित पाँच रन खर्चेर चार विकेट लिइन् । यस्तै एलिसा खडियाले तीन विकेट लिइन् ।
समूह ुबीु बाट पुलिस विजेताको रूपमा र लुम्बिनी उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया