

जसपाबाट मन्त्री बनेका यादव कपिलवस्तुमा कांग्रेसबाट उम्मेद्धार बनेपछि





रुपन्देही । पार्टी परिर्वतन गरेर नेपाली कांग्रेसबाट उम्मेदवार समेत बनेका कपिलबस्तुका जनता समाजवादी पार्टी (जसपा) नेता सहसराम यादवले मन्त्री पदबाट भने राजीनामा दिएका छैनन् । जसपाको तर्फबाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका यादवलाई पार्टीले नैतिकताको प्रश्न उठाएको छ ।
जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका यादव कपिलबस्तुको क्षेत्र १ को (ख) बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन् । जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता समेत रहेका यादव हाल कांग्रेस उम्मेदवारको रुपमा चुनाव प्रचारप्रसारमा छन् ।
यादव रुख चिह्न लिएर चुनावी मैदानमा रहेपनि उनी जसपाको तर्फबाट मन्त्री पदमा कायमै छन् । यादव मंसिर २३ गते जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेपनि अझै जसपाबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न नसकेको जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले गुनासो गरे । जसपाकै कोटाबाट मन्त्री पदमा बसिरहनु लज्जास्पद भएको अध्यक्ष यादवको भनाइ छ ।
उनले भने, ‘जसपाबाट मन्त्री हुने तर अर्कै पार्टीबाट चुनाव लड्ने यो कस्तो प्रकारको राजनीतिक संस्कार हो ? सहसराम जिले नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिनुपर्छ ।’ यादवलाई जसपाले आसन्न निर्वाचनमा पनि उम्मेदवार बनाउन चाहेको थियो । सोही अनुसार केन्द्रबाट एमाले–जसपा तालमेलमा कपिलवस्तु–१ को प्रदेश सभा ‘क’ जसपाको भागमा परेको थियो ।
यही क्षेत्रबाट चुनाव लड्ने गरी यादवलाई जसपाले उम्मेदवार बनाएको थियो । मंसिर २३ गते जसपाबाट मनोनयन दर्ता गर्ने गरी निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर रुख चिह्नका उम्मेदवार बन्न पुगेका थिए । जसपाका नेता तथा कार्यकर्तासँगै ताममाझको साथ मनोनयन दर्ता गराउन आएका उनी एकाएक मोडिएर कांग्रेस उम्मेदवार भएपछि कार्यकर्ता आश्चर्यमा परेका थिए ।
यादवले पार्टी छाडेको एक हप्ता बित्न लाग्दा पनि मन्त्रीबाट हटाइएको छैन् । सत्ता गठबन्धनको लुम्बिनी प्रदेश सरकार रहेको कारण यादवलाई मन्त्रीबाट नहटाइएको हुन सक्ने जसपाका नेताको बुझाइ छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया