

मधेस प्रदेशमा पनि मन्त्री हटाउने तयारी



काठमाण्डौ
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी ९जसपा० का चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई हिजो हटाउनुभएको थियो । त्यसको जवाफमा मधेस सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउन लागिएको हो ।
मुख्यमन्त्री राउतले ती दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन भन्नुभएको छ । राजीनामा नदिए उनीहरूलाई हटाउने उहाँको तयारी छ । मधेस सरकारको नेतृत्व जसपाले गर्दै आएको छ ।
सङ्घमा प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीलाई हटाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई प्रदेश सरकारबाट पनि ती दलका मन्त्री हटाउन निर्देशन दिनुभएको बुझिएको छ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया