

रुपन्देही-५ मा एमालेका बासुदेव घिमिरेलाई आधिकारिकता प्रदान



तिलोत्तमा
रुपन्देही-५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रुपन्देही-५ मा एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।
घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।
निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७८ को दफा १९ को ९९० बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।
निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया