पाल्पामा ४७ जनाले गराए मनोनयन दर्ता

पाल्पा । पाल्पामा प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा क्षेत्रमा गरी ४७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभाको चार क्षेत्रमा भने २३ जनाको मात्र उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र १ मा राजनीतिक दल र स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको छ । क्षेत्र २ मा राजनीतिक दल र स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी परको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कमलराज विष्टका अनुसार क्षेत्र १ मा प्रतिनिधिसभातर्फ ६ दल र ४ स्वतन्त्रले मनोनयन दर्ता गरेका छन् । क्षेत्र २ मा ११ दल र तीन स्वतन्त्रको उम्मेदवार मनोनयन भएको छ ।

प्रदेशसभा १ (१) र १ (२) मा पाँचरपाँच जनाले मनोनयन गरेका छन् । प्रदेशसभा २ (१) मा सात र २ (२) मा ६ जनाको उम्मेदवारी मनोनयन गरेका छन् । प्रतिनिधिसभा क्षेत्र १ मा नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहा, नेकपा एमालेबाट नारायण प्रसाद आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजाली, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामी, जनता समाजवादीका मेहनमान राना र मंगोल नेशनल अर्गनाईजेशनका थम्मनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी स्वतन्त्रबाट विपिन कँडेल, नारायण न्यौपाने, राजु सुनार र डोलराज तिमिल्सेनाले उम्मेदवारी दर्ता गराए ।

क्षेत्र २ बाट नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डेय, नेकपा एमालेबाट ठाकुरप्रसाद गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजिन्द्र बहादुर केसी, जन समाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका ताराबहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमैले मनोनयन दर्ता गराएका छन् । क्षेत्र २ बाट उपेन्द्रराज गहिरे, केशरबहादुर आले र जीवलाल सुवेदीले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा १ (१) मा नेपाली कांग्रेसबाट श्यामकान्त खनाल, नेकपा एमालेबाट राजु प्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुल बहादुर गाहा, मंगोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर रुचाल, राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारी मगरले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा १ (२) मा नेपाली कांग्रेसबाट शंकर खनाल, नेकपा एमालेबाट खेमबहादुर सारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मणप्रसाद पंगेनी, मंगोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा २ (१) नेपाली कांग्रेसबाट वीरबहादुर राना, नेकपा एमालेबाट परशुराम भटराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गैरे, मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगर, जनता समाजवादीबाट खिकबहादुर रेश्मी मगर, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा २ (२) मा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ति मगर, नेकपा एमालेबाट ओमबहादुर घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चक्रपाणि पौडेल, मंगोल नेशनल अर्गनाइजेशनका शिवबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर अस्लामी, जनसमाजवादी पार्टीका राजन खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

खबर सबै