

भियतनामसँग ५ गोलले पराजित नेपाल

काठमाण्डाै एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपाल भियतनामसँग फराकिलो अन्तरले पराजित भएको छ ।
भियतनामको भियत त्रि मैदानमा भएकाे खेलमा नेपाल भियतनामसँग पाँच–शून्य गोलले पराजित भएको हो । नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल खायो । लगातार दोस्रो हारसँगै नेपालको छनोटको सम्भावना लगभग सकिएको छ ।
नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । भियतनाम ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको थियो ।
नेपालले पर्सि आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया