

क्यानका अध्यक्ष चतुरबहादुरले हिरासतमा रहेका सन्दीपलाई भेटे





काठमाडौं
प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भेट्नु भएको छ ।
आज शुक्रबार प्रहरी वृत्त गौशाला पुगेर अध्यक्ष चन्दले लामिछानेसँग भेट्नुभएको हो । गत भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।
लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले गत भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका लामिछाने आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सम्पर्कबिहीन भएका थिए ।
पक्राउ पूर्जीको १ महिनापछि लामिछाने बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । नेपाल प्रहरीको इन्टरपोल शाखाले लामिछानेविरुद्ध डिफ्युजन सूचना जारी गरेको थियो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया