दाङको लमही सतबरियामा पहिरो झरेपछि पूर्व–पश्चिम राजमार्ग बन्द

दाङ

दाङको लमही नगरपालिका सतबरियामा झरेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग बन्द भएको छ । पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि फेरि बन्द भएको छ । त्यस्तै दाङको भालुवाङदेखि प्यूठान जोड्ने सडक खण्डको ठाउँ ठाउँमा झरेको पहिरोका कारण दाङ–प्यूठान सडक खण्डमा पनि गाडी गुड्न सकेका छैनन् ।

प्रतिक्रिया

खबर सबै