

१७ वर्षमुनीको एसियन कप छनोटमा आज नेपाल र भियतनाम खेल्दै

काठमाण्डौँ
एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ ।
नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।
बुधवार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनामले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० गोलले हराएको थियो ।
समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया