पश्चिम राप्तीमा जल सतहले खतराको तह पार ग¥यो

बाँके । बाँकेको पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूलाई आज बुधवार बेलुकासम्म नै उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरिएको छ ।

देशका धेरै ठाउँमा पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । आजदेखि तीन दिन कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

खबर सबै