
तातो खाना फ्रिजमा राख्दा के हुन्छ ?

काठमाडौं
खानेकुरालाई लामो समयसम्म ताजा नै राख्न विशेषगरी फ्रिज अथवा रेफ्रिजेरेटर प्रयोग गरिन्छ । झन यतीबेला दशैं लागेको छ । दशैंको समयमा विभिन्न परिकार बनाउने र त्यसलाई फ्रिजमा राखेर धेरै दिनसम्म खानुपर्ने हुन्छ । त्यो हुँदा यो समयमा फ्रिजको खपत धेरै हुन्छ ।
हरिया तरकारी, काँचो मासु, दुध, जुससँगै कहिलेकाहिँ हामी पाकिसकेको खानेकुरा पनि फ्रिजमा राख्ने गर्छौं । कतिपयले तातो खाना अथवा पाकेको खाना नसेलाउँदै फ्रिजमा हाल्ने पनि गर्छौं ।
तर यसरी तातो खाना फ्रिजमा राख्नु ठीक हो वा होइन भन्ने विषय अहिले पनि विवादित नै छ ।
बाँकी भएको खाना फ्रिजमा किन राख्ने ?
खानेकुरामा हुने सुक्ष्म अथवा आखाँले देख्न नसक्ने किटाणुहरूको कारण फुड पोइजनिङ (विषाक्त) हुनेगर्छ । यसले सामान्य असरमात्र गरेपनि कहिलेकाहिँ भने यो विषय गम्भीर पनि हुनसक्छ ।
यसका लागि पनि हामीले बाँकी भएको खानेकुरालाई किटाणुबाट जोगाउन फ्रिजमा राख्नु आवश्यक छ । पाकिसकेको खाना फ्रिजमा राख्दा सो खानामा बाह्य किटाणुहरूले आक्रमण गर्ने सम्भावना कम हुन्छ । यसले तपाईंको खानलाई लामो समयसम्म सुरक्षित राख्नुपर्छ ।
तातो खाना फ्रिजमा राख्ने कि नराख्ने ?
तातो खाना फ्रिजमा राखेर त्यसलाई सेलाउनु हुन्छ वा हुन्न भन्ने भन्दा पनि यहाँ विषय तातो खाना फ्रिजमा राख्दा फ्रिजमा पहिले नै भएको अन्य खानाको बारेमा हो । जब तपाईं फ्रिजमा कुनै तातो खानेकुरा राख्नुहुन्छ तपाईंको फ्रिज जति नै स्मार्ट भएपनि सो तातो तापक्रमलाई फ्रिजभित्र भएको चिसो तापक्रमसँग मिलाउन उक्त फ्रिजले मेहेनत गर्नैपर्छ ।
तपाईंले तातो खाना फ्रिजमा राख्ने बित्तिकै यसले स्वत फ्रिजभित्र भएको खानाको तापक्रम पनि बढाउँछ । यो चिसो र तातो खानाबीचको लडाईंमा फ्रिजभित्र तातो हावाको वाष्फिकरण हुन्छ ।
यसले गर्दा फ्रिजमा जताततै आइस जम्नसक्छ, जुन आईसले चिसो हुनु नपर्ने खानाहरूलाई बिगार्न सक्छ । फ्रिजको तापक्रम नै बिगार्ने हुँदा तातो खाना फ्रिजमा राख्नुभन्दा सो खाना दुई घण्टाभित्र सेलाइसकेपछि राख्दा फ्रिजको तापक्रममा कुनै असर पर्दैन ।
यद्यपि अमेरिकाको कृषि विभागले समेत तातो खाना भएको खण्डमा यसलाई कुनै भाँडामा राखेर मात्र फ्रिजमा राख्नु उपयुक्त हुने बताएको छ ।
टेकपानाबाट साभार


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया