

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना




गुल्मी – गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । रेसुंगा नगरपालिका ८ अन्तर्गत गुल्मी जिल्ला अदालतमा आज आइतवार कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश वसन्तराज पौडेलले जिल्लामा रहेकाे राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, सञ्चारकर्मीलगायतको रोहबरमा कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको क्षेत्र नं १ अन्तर्गत गुल्मी जिल्ला अदालत र क्षेत्र नं २ अन्तर्गत रेसुंगा नगरपालिका २ मा रहेकाे शिक्षा विकास तथा समन्वय इकाइमा निर्वाचन कार्यालय स्थापना गरेको हो ।
कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत पौडेलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोगको अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले असोज २३ देखि २६ गतेभित्र उमेदवारको मनोनयन पत्र दर्ता गर्ने र उमेदवारलाई चुनाव चिह्न प्रदान गर्नेसम्मका निर्वाचनसम्बन्धी कार्यक्रमहरूको बारेमा पनि जानकारी दिनुभयाे ।
निर्वाचन आयोगले असोज १५ देखि २० गतेसम्म सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न दिएको निर्देशनअनुसार गुल्मीमा पहिलो दिनमा नै दुई वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिएको हो । गुल्मी निर्वाचन क्षेत्र १ मा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेल र २ मा शिवबहादुर थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएकाे छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया