‘साइकल पलाङ्क ब्यालेन्स’ प्रतियोगिताको उपाधि बाणगंगाका थापाले जिते

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा नेपालमै पहिलो पटक आयोजना गरिएको साइकल प्लाङक ब्यालेन्स प्रतियोगितामा बाणगंगाका शुसान्त थापाले प्रथम स्थान सहित ५० हजार पुरस्कार हात पारेका छन् ।

लायन्स क्लव अफ कपिलवस्तुले शनिबार आज राजापानी पोखरीमा आयोजना गरेको पानी माथि बनाइएको ट्रयाकमा साइकल चलाउने प्रतियोगिता (साइकल पलाइङ ब्यालेन्स) मा सहभागि १ सय २९ जना प्रतियोगिहरुलाई पछि पार्दै थापा प्रतियागिताको बिजेता बनेका हुन । उनले ५० मिटरको दुरी १२ दशमलव ०७ सेकेण्डमा कुशलतापुर्वक पार गरेको प्रेस संयोजक नबराज बेल्वासेले जानकारी दिएका छन् ।

यस्तै प्रतियोगितामा रुपन्देहीको सैनामैनाका रिजन बन्जाडेले दोस्रो स्थान प्राप्त गरेका छन भने बाणगंगाका शौरभ शर्मा तृतीय र बाणगंगाका सुदिप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
सामाजिक तथा मानवीय कार्यमा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको साहसी र अनौठो प्रतियोगिता राजापानीमा संचालन गरिएको थियो ।  राजापानीको पर्यटकीय महत्व प्रवद्र्धन गरि पर्यटकको संख्यामा वृद्धि गर्न र मनोरन्जन प्रदान गर्ने यो साहसी र नौलो प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुले बताएका छन् । प्रतियोगितामा कपिलवस्तु, रुपन्देही, दाङ र बाँके जिल्लाबाट प्रतियोगिहरुले सहभािगता जनाएका थिए ।

प्रतियोगितामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय पिपरा, नेपाल प्रहरी, एपिएफले सुरक्षा प्रदान गरेका थिए भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि सि एण्ड सी अस्पतालसंग पनि सहकार्य गरिएको थियो । यद्यपी कसैलाई पनि कुनै क्षेती नभएको जनाइएको छ ।

सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुको अध्यक्षता सहित निर्वतमान प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमूख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा निवर्तमान सासंद पन्थीले लायन्स क्लव अफ कपिलवस्तुले जिल्लाका लागि मात्रै नभई देशकै लागि एउटा नयाँ प्रयोग भित्राएको बताए । सामाजिक संजालहरुमा अन्य देशमा भएका प्रतियोगिता हेर्ने गरिएकोमा लायन्सको सक्रियताले आफ्नै देशमा त्यो पनि आफ्नै ठाउँमा आयोजना गर्न सफल भएकोमा खुसी पनि व्यक्त गरे ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सामाजिक क्षेत्रमा क्रियाशिलतालाई लायन्स क्लवले अब नयाँ प्रयोगका विषयमा पनि जोड दिएकोमा धन्वयवाद दिएक थिए । उनले आन्तरिक पर्यटन प्रर्वद्धन गरी यहाँ पर्यटकहरु भित्राउन सके यहाँको विकासका गतिविधिमा पनि सहजता थपिने बताएका थिए ।

कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु साइकल पलाइङ ब्यालेन्सका कार्यक्रम विष्णु घिमिरेको स्वागत र सचिव शान्तराज गैरेको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगिता हेर्नका लागि बाणगंगा सहित कपिलवस्तु, रुपन्देही लगाएतका जिल्लाका नारिकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै