

आज दसैंको पाँचौं दिनः देवी स्कन्दमाताको पूजा


काठमाडौं– आज बडादसैंको पाँचौं दिन देवी स्कन्दमाताको पुजा आराधना गरिँदैछ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ ।
यी देवीका तीन आँखा र चार हातहरु छन् । वर्ण पूर्णतस् शुभ कमलासनमा विराजमान भएकी स्कन्दमाताको वाहन सिंह हो ।
यी मातालाई पद्मासन देवी पनि भनिन्छ । यीनका पुत्र स्कन्द माताको काखमा बसेका छन् ।
शास्त्रहरुमा देवी स्कन्द माताको आराधनाको महत्व धेरै रहेको छ । यी देवीको उपासना गर्नाले भक्तहरुको समस्त इच्छाहरु पूरा हुनुको साथै भक्तहरुलाई मोक्ष प्राप्त हुन्छ ।
सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकी कारण यीनको उपासक अलौकिक तेज र कान्तिमय हुन्छ । त्यसकारण मनलाई एकाग्र राखेर र पवित्र भएर यी देवीको आराधना गर्ने साधक अथवा भक्तलाई भवसागर पार गर्न कुनै किसिमको कठिनाई भोग्नु पर्दैन ।
स्कन्दमाताको उपासनाले भक्तको समस्त मनोकामनाहरु पूर्ण हुन्छ । मृत्यु लोकमा पनि उसलाई परम शान्ति र सुखको अनुभव हुन थाल्छ र मोक्ष प्राप्त हुन्छ ।
सूर्य मण्डलको देवी भएको कारण यीनको उपासक आलोकिक तेज एवं कान्तिले सम्पन्न हुन्छ । साधकलाई अभिष्ट वस्तु प्राप्त हुनुको साथै महान ऐश्वर्य प्राप्त हुन्छ ।
पञ्चमी तिथीको दिन पूजा गरेर भगवती दुर्गालाई केराको भोग लगाउनु पर्छ र यो प्रसादलाई ब्राह्मणलाई दिनु पर्छ । यसो गर्नाले मनुष्यको बुद्धिको विकास हुन्छ ।
दसैंको नौरथाभरी पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
दसैंमा देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।


खबर सबै
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया