

एउटै नगरपालिकामा दुई प्रमूख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यले गरे विरोध



देउखुरी । दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिकामा चरणबद्ध आन्दोलन गर्ने बताएका हुन् ।
विहिवार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र बहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवेन्द्र प्रसाद क्षेष्ठ कार्यरत रहेकाले डाँगीलाई हाजिर नगराउन माग गरेका छन् ।
लमही नगरपालिकका प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्ने विषयमा मेयर उपमेयर र अन्य कार्यपालिका सदस्य विभाजित भएका छन् । कार्यपालिका सदस्यहरुले मेयर उप मेयरको सक्रियतामा गेहेन्द्र बहादुर डाँगीलाई पुनःलमही नगरपालिका ल्याउन पहल गरिएको भन्दै मेयर उपमेयरको आलोचना समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा लमही नगरपालिका प्रवत्ता तथा लमही नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोहन गिरीले डाँगी लमहीमै बस्न खोजे चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।
पहिलो चरणमा लमही नगरपालिकामा धर्ना, दोस्रो चरणमा नगरपालिकामा तलावन्दी गर्ने र तेस्रो चरणमा सम्पुर्ण वडा कार्यालय बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । लमही नगरपालिकामा दुइवटा कार्यालय प्रमुख भएका छन् ।
देवेन्द्र श्रेष्ठ र गेहेन्द्र डाँगी प्रमुख प्रशासकिय अधिकृतको रुपमा दुइजना वहाल रहनु भएको छ । श्रेष्ठ कार्यकक्षमै काम गरिरहदा डाँगीले बुधबार लमही नगरपालिकामै हाजिर गरी विदामा बस्नु भएको छ ।
गहेन्द्र वहादुर डाँगीले सरुवा प्रक्रिया मन्त्रालयबाट हुने भएकाले यो विषयमा आफुलाई जानकारी नभएको भन्दै आफुले लमही नगरपालिकामा हाजिर गरेको बताउनुभयो ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया