

एउटै नगरपालिकामा दुई प्रमूख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यले गरे विरोध

देउखुरी । दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिकामा चरणबद्ध आन्दोलन गर्ने बताएका हुन् ।
विहिवार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र बहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवेन्द्र प्रसाद क्षेष्ठ कार्यरत रहेकाले डाँगीलाई हाजिर नगराउन माग गरेका छन् ।
लमही नगरपालिकका प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्ने विषयमा मेयर उपमेयर र अन्य कार्यपालिका सदस्य विभाजित भएका छन् । कार्यपालिका सदस्यहरुले मेयर उप मेयरको सक्रियतामा गेहेन्द्र बहादुर डाँगीलाई पुनःलमही नगरपालिका ल्याउन पहल गरिएको भन्दै मेयर उपमेयरको आलोचना समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा लमही नगरपालिका प्रवत्ता तथा लमही नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोहन गिरीले डाँगी लमहीमै बस्न खोजे चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।
पहिलो चरणमा लमही नगरपालिकामा धर्ना, दोस्रो चरणमा नगरपालिकामा तलावन्दी गर्ने र तेस्रो चरणमा सम्पुर्ण वडा कार्यालय बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । लमही नगरपालिकामा दुइवटा कार्यालय प्रमुख भएका छन् ।
देवेन्द्र श्रेष्ठ र गेहेन्द्र डाँगी प्रमुख प्रशासकिय अधिकृतको रुपमा दुइजना वहाल रहनु भएको छ । श्रेष्ठ कार्यकक्षमै काम गरिरहदा डाँगीले बुधबार लमही नगरपालिकामै हाजिर गरी विदामा बस्नु भएको छ ।
गहेन्द्र वहादुर डाँगीले सरुवा प्रक्रिया मन्त्रालयबाट हुने भएकाले यो विषयमा आफुलाई जानकारी नभएको भन्दै आफुले लमही नगरपालिकामा हाजिर गरेको बताउनुभयो ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया