

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ साढे ५ बजे हुने छ ।
विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्ये आधाभन्दा बढि खेलमा बङ्गलादेश विजयी भएको छ ।
नेपाल र बङ्गलादेशको पछिल्लो भेट भने सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भएको थियो । त्यतिबेला नेपाल र बङ्गलादेशलले १–१ गोलको बराबरी खेलेका थिए ।
आजको खेलका लागि एन्फाले भिआइपितर्फ रु एक हजार र साधारण प्याराफिटतर्फ रु पाँच सय मूल्य तोकेको छ । त्यसैगरी एन्फाले यस खेलका लागि भिआइपीतर्फको ८० वटा सिट रु पाँच हजारको दरले मूल्य तोकेको छ ।
फुटबल खेललाई सहयोग गर्ने चाहने व्यक्तिका कदर र सहजै टिकट उपलब्ध गर्नको लागि रु पाँच हजार मूल्य राख्ने निर्णय गरेको एन्फाले जनाएको छ ।
टिकट भने अनलाइन नभइ भौतिक रुपमा नै बिक्री हुनेछ । नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित विशाल श्रेष्ठ, दीपक कार्की, विकास कुथु, रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजबंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल, सुदीप गुरुङ, तेज तामाङ र सेसेहाङ आङदेम्बे छन् ।
त्यसैगरी विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्युठकुरी, एरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, हृतिक खड्का, मनिस डाँगी र आषिश चौधरी छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया