

प्रथम मोतिपुर फुलबारी कप फुटबल : सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मा जारी प्रथम मोतिपुर फुलबारी कप फुटबल प्रतियोगितामा आज ९सोमबार० दखि क्वाटर फाइनलका खेल सकिएका छन् । क्वाटर फाइनलको अन्तिम खेलमा सोमबार आयोजक समुह प्रगतिशिल युवा क्लव मोतिपुर र बाणगंगा वेयलफेयर सोसाइटी जितपुर खेलेका छन् । ९० मिनेटको निर्धारित समयमा दुबै टोलीबाट १–१ को बराबरी भएपछि खेल पेनाल्टीमार्फत नतिजा निकालिएको छ । पेनाल्टीमा प्रगतिशिल बिरुद्ध बाणगंगा वेयलफेयरले ५–४ को जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
आज वेयलफेयरको जित सँगै सेमीफाइनलका चार टोलीको टुङ्गो लागेको छ । सिद्धार्थ गौतम चौवाह, युनाइटेड एफसी पडरिया, डिएमसी तुल्सिपुर र बाणगंगा वेयलफेयरले सेमिफाइनमा स्थान बनाएका छन् ।
अब बुधबार सेमिफाइनलको पहिलो खेल सिद्धार्थ गौतम चौवाह र युनाइटेड एफसी पडरिया खेल्ने खेल संयोजक सन्दिप क्षेत्रीले जानकारी दिएका छन् । बुधबार सेमिफाइनलको एउटा मात्रै खेल हुने उनले बताए । आज सेमिफाइन तय गरेको बाणगंगा वेयलफेयरले तुल्सिपुर डिएमसीसँग फाइनल प्रवेश गर्नका लागि खेल्ने छ । जारी प्रतियोतिगामा रुपन्देही, कपिलवस्तु र दाङका गरि १६ टिमको सहभागिता रहेको थियो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया