

प्रथम मोतिपुर फुलबारी कप : प्रगतिशिल युवा क्लव र सिद्धार्थ गौतमको विजयी

राजेन्द्र खनाल,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मा जारी प्रथम मोतिपुर फुलबारी कप फुटबल प्रतियोगिताको पहिलो चरण सकिएसँगै आज देखि दोस्रो चरण अन्र्तगत क्वाटर फाइनलका खेल सुरु भएका छन् । पहिलो चरणको अन्तिम लेखमा आज आयोजक समुह प्रगतिशिल युवा क्लव र हन्टर ब्वाइज सिउटीबिच निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । दुबै समुहबाट भएको पेनाल्टी सुट आउटमा आयोजक समुह प्रगतिशिल युवा क्लवले ४–२ को जित हात पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रीतयोगितामा आयाजक समुहका बिमल राना म्यान अफ दि म्याच बनेका छन् ।
यस्तै आजै भएको क्वाटर फाइनलको पहिलो खेलमा सिद्धार्थ गौतमबुद्ध युवा क्लव चौवाह र आहना एफसी देविनगर बिच सम्पन्न भएको छ । सम्पन्न खेलमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी मार्फत आहना बिरुद्ध सिद्धार्थ गौतमले ४–२ को जित हात पारेको छ ।
अब भोली पहिलो खेल युनाइटेड एफसी पडरिया र अमुवा एफसी बिच हुने छ भने दोस्रो खेल पारिजात पब्लिक स्कूल र डिएमसी तुल्सिपुर बिच हुने आयाजक समुहका खेल संयाजक सन्दिप क्षेत्रीले जानकारी दिएका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया