

लायन्स कपिलवस्तुले नेपालमा पहिलो पटक आयोजना गर्दै ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता

ईसाझाकुरा संवाददाता : लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने भएको छ । शनिबार जितपुरमा पत्रकार सम्मेलन गरी लायन्सले प्रतियोगिता तयारी बारे जानकारी दिएको हो । यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना हुन लागेको समेत लायन्स क्लव कपिलवस्तुले जनाएको छ ।
सामाजिक काममा सक्रिय संस्था लायन्स क्लव अफ कपिलवस्तुले यहि असोज १५ गते प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलनबाट जानकारी दिइएको छ । जिल्लाको वाणगंगा नगरपालिका स्थित राजापानीमा रहेको पोखरीमा हुने प्रतियोगिता नेपालमै पहिलो पटक संचालन गर्न लागिएको आयोजकको दाबी छ ।
पोखरीमा खेल्ने खेल भएकाले सबैलाई सहज हुने गरी पोखरीमा पानिको सतह ४ फिट मात्र हुने आयोजकले बताएको छ । प्रतियोगिताको तयारी बारे जानकारी गराउन शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम सुभागे थारुले प्रतियोगितामा सहभागी हुन चाहानेहरुको लागि आबेदन खुला गरिएको जानकारी दिनुभयो ।
एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने अध्यक्ष थारुले बताउनुभयो । प्रतियोगिता सुरक्षाका हिसाबले पनि चुनौतीपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्स संगै सिएण्डसि अस्पताल संग पनि सहकार्य गरिएको उहाले बताउनुभयो ।
क्लवका रिजन जोन चेयर पर्सन सुरेन्द्र घिमिरेले प्रतियोगिता पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएरसहभागी हुन सम्पूर्णलाई आग्रह गनुभयो । १२ गतेसम्म रजिष्ट्रेसन फर्म खुला गरिएको भन्दै जुनसुकै जिल्लाका ब्यक्तीपनि सहभागी हुन पाउने बताउनुभयो ।
१२ वर्ष भन्दा माथिका ब्यक्ती सहभागी हुन पाउने उक्त प्रतियोगितामा १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा भने अनिवार्य अभिभावकको अनुमति लिनुपर्नेछ यस्तै १८ वर्ष भन्दा माथिका जटिल रोग नलागेका ब्यक्ती सहभागि हुन पाउने घिमिरेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै क्लवका सहसचिव रामप्रसाद भुसालले यस प्रतियोगिताले कपिलवस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने भन्दै यसको ब्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न सामाजिक काममा सक्रिय लायन्स क्लवले खेल क्षेत्रमा पनि केहि गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । प्रतियोगितामा २ सय ५० भन्दा बढीलाई सहभागी गराउन नसकिने उहाले बताउनुभयो ।
असोज १५ गते विहान १० बजेबाट राजापानीमा सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन भने प्रतियोगिताबाट भरपुर मनोरन्जन प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा लायन्सका प्रथम उपाध्यक्ष ओम प्रकास घिमिरे, लायन्सका विभिन्न पदाधिकारी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।
फारम भर्न यो लिंक खोल्नुहोस्ः
https://forms.gle/nBDzKxCN3SCwsw4C6


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया