

दाङ : महिला, बालबालिका तथा जेष्ठ नागरिक हराउने क्रम बढ्दो





दाङ
दाङ जिल्लामा वर्षेनी महिला, बालबालिका तथा जेष्ठ नागरिक हराउने क्रम बढ्दो छ । हराउने क्रम बढे पनि प्रहरीको तथ्यांकमा फेला पर्नेको संख्या भने न्यून रहेको छ । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको तथ्यांक अनुसार हराएका मध्ये सबैै फेला नपर्ने गरेको पाइएको हो ।
पछिल्लो समय मानिसमा जिज्ञासा बढ्दा र स्वतन्त्र रहन चाहानुका कारणले गर्दा हराउने क्रम धेरै देखिन्छ । आमा बुवा काममा व्यस्त हुदाँ र आफनो घरका सदस्यको निगरानी र समय दिन नसक्दा पनि बालबालिका हराउने क्रम बढ्दो देखिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।
पछिल्लो समय अभिभावकको जिम्मेवारीमा बस्नुपर्ने समयमा बालबालिकाहरु प्रति अभिभावकको निगरानी हराएको देखिने गरेको छ । यसैगरी महिलाहरु पारिवारीक समस्याका कारण तथा श्रीमान बैदेशिक रोजगारका क्रममा गएको र घरमा श्रीमतिले पैसा हिनामीना गराएर घरबाट हिड्ने समस्या आएको उनको भनाइ छ ।
जिल्लामा चालुआर्थिक बर्ष २०७९÷०८० को हालसम्म महिला बालबालिका र जेष्ठ नागरिक गरेर ८९ जना हराएका छन् । जसमध्ये ४६ जना महिला, १८ जना बालक, २३ जना बालिका र दुईजना जेष्ठ नागरिक हराएको उजुरी प्रहरी कार्यालयमा परेको छ । हराएका मध्ये २० महिला, ६ बालक, १४ बालिका र जेष्ठ नागरिक दुई जना फेला परेका छन् भने अरु कहाँ छन् भन्ने प्रहरीको तथ्याङ्कमा छैन् ।
यसैगरी गत आर्थिक वर्ष २०७८÷०७९ मा तीन सय ५३ जना महिला, बालक ८३ जना, एक सय ५८ जना बालिका र १५ जेष्ठ नागरिक गरेर जम्मा ६ सय नौ जना हराएका थिए । यी मध्ये दुई सय ३४ महिला, ६७ बालक, एक सय ३२ बालिका र १२ जना जेष्ठ नागरिक फेला परेपनि अरु नभेटिएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा चार सय ५३ जना मानिस हराएका थिए । जसमध्ये महिला तीन सय एक, बालक ३९ जना , बालिका एक सय सात जना र जेष्ठनागरिक ६ जना हराएका थिए ।
हराएकामध्ये महिला दुई सय ३६, बालक ३७, बालिका ९० र जेष्ठनागरिक चार जना गरी तीन सय ६७ जना मात्रै सम्पर्कमा आए । अहिलेसम्म ८६ जना सम्पर्कबाहिर छन् । उमेर पुगेका र विवाह भएका केही युवतीहरु अन्यन्त्रै विवाह गरेर गएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरी कार्यालयमा हराएको निवेदन आएपनि फेला परेको जानकारी नआउने भएकाले हराएकाहरुको तथ्याँक बढि रहेको प्रहरीको भनाई छ । परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् ।
तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतम बताए । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची लामो भएको हुन सक्ने प्रहरीको भनाई छ ।
पत्रकार सुमन के.सीले यो समाचार तयार पार्नु भएको हो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया