

प्रथम मोतिपुर फुलबारी कप : बाणगंगा वेयलफेयर र अमुवा एफसी बिजयी

राजेन्द्र खनाल,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मा जारी प्रथम मोतिपुर फुलबारी कप फुटबल प्रतियोगिताको पहिलो चरण अन्र्तगत आज चौथो दिन शुक्रबार दुई खेल सकिएका छन् ।
आज भएको पहिलो खेलमा बाणगंगा वेयलफेयर सोसाइटीले जित हात पारेको छ । ९० मिनेटको निर्धारीत समयमा बाणगंगा वेयलफेयर र रत्कोल फुटबल क्वल शिवराजले दुई दुईको बराबरी खेलेपछि पेनाल्टी सुट आउटमार्फत नतिजा निकालिएको हो । पेनाल्टीम बाणगंगा वेयलफेयरले रत्कोल बिरुद्ध ४–० जित हात पारेको छ ।
यस्तै अमुवा युवा क्लव रुपन्देही र मुहान फुटबल क्वल झुँगाह कपिलवस्तु बिच भएको दोस्रो खेलमा अमुवा एफसीले ५–१ को फराकिलो जित हात पारेको छ । अब जारी प्रतियागितामा पहिलो चरणको एउटा मात्रै खेल बाँकी रहेको खेल संयोजक सन्दिप क्षेत्रीले जानकारी दिएका छन्।
भोली पहिलो खेलमा आयोजक समुह प्रगतिशिल युवा क्लवल र हन्टर ब्वाइज सिउटी कपिलवस्तु बिच हुने छ । भने क्वाटरफाइनलको खेल पनि भोली देखि नै सुरु हुने छ । क्वाटर फाइनल अन्र्तगत पहिलो खेल भोली सिद्धार्थ गौतम युवा क्लव चौवाह र आहना एफसी देविनगरबिच हुने बताइएको छ ।
आजको प्रतियोगितामा बाणगंगा वेयलफेयरका उज्जवल मगर र अमुवाका बलराम न्यौपाने म्यान अफ दि म्याच बनेका छन् । जारी प्रतियोगितामा १६ टिमको सहभागिता थियो । पहिलो चरणबाट ८ टिम मात्रै क्वाटर फाइनलका लागि छानिदै छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया