

प्रदेशस्तरिय एथलेटिक्सको छनौटमा कपिलवस्तुलाई तेस्रो स्थान



कपिलवस्तु । नवौं राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ भने कपिलवस्तुले तेस्रो स्थान बनाएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेलझुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै दाङ च्याम्पियन बनेको हो। च्याम्पियन बनेको दाङले स्वर्ण, रजत र काश्य गरेर २३ पदक हात पार्न सफल भएको छ।
त्यस्तै छ स्वर्ण, चार रजत र ९ कास्य पदकका साथ बर्दिया जिल्ला द्वितीय हुँदा कपिलवस्तु जिल्ला चार स्वर्ण, चार रजत र दुई काश्य पदक हात पार्दै तेस्रो भएको छ। प्रतियोगितामा बाँके जिल्ला तीन स्वर्ण, १४ रजत र तीन कास्य पदकका साथ सान्त्वना भएको छ।
यसैबीच दाङकी निशा चौधरीले एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड बनेको छ। नवांै राष्ट्रिय खेलकुद अन्तरगत बेलझुण्डीमा भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा चौधरीले १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बनाएको ५.४७ मिटरको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै ५.५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी छन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया