

प्रदेशस्तरिय एथलेटिक्सको छनौटमा कपिलवस्तुलाई तेस्रो स्थान





कपिलवस्तु । नवौं राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ भने कपिलवस्तुले तेस्रो स्थान बनाएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेलझुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै दाङ च्याम्पियन बनेको हो। च्याम्पियन बनेको दाङले स्वर्ण, रजत र काश्य गरेर २३ पदक हात पार्न सफल भएको छ।
त्यस्तै छ स्वर्ण, चार रजत र ९ कास्य पदकका साथ बर्दिया जिल्ला द्वितीय हुँदा कपिलवस्तु जिल्ला चार स्वर्ण, चार रजत र दुई काश्य पदक हात पार्दै तेस्रो भएको छ। प्रतियोगितामा बाँके जिल्ला तीन स्वर्ण, १४ रजत र तीन कास्य पदकका साथ सान्त्वना भएको छ।
यसैबीच दाङकी निशा चौधरीले एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड बनेको छ। नवांै राष्ट्रिय खेलकुद अन्तरगत बेलझुण्डीमा भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा चौधरीले १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बनाएको ५.४७ मिटरको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै ५.५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया