

भारत जान हिँडेका खत्री १३ महिनादेखि बेपत्ता



दाङ । दाङको बबई गाउँपालिका(७ डाँडागाउँका ५१ वर्षीय कमानबहादुर खत्री १३ महिनादेखि बेपत्ता छन्। २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट हिँडेका खत्री अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्।
वर्ष दिन पुग्दासमेत उनी सम्पर्कमा नआएपछि अहिले घरपरिवार चिन्तित भएको छ। उनको खोजीका लागि उनकी पत्नी शान्ता डाँगी जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत जानकारी गराएकी छन्। तर आजसम्म पतिको कुनै पत्तो लाग्न नसकेको श्रीमती शान्ताले बताइन्।
‘उहाँको खोजीका लागि के के गरिनँ,’ उनले भनिन्, ‘सबै ठाउँ पुगिसक्यौँ। अझै पत्ता लागेको छैन‚’ पति घरबाट भारतको गोवा जाने भनेर हिँडेको उनले बताइन्। उनका अनुसार तुलसीपुर पुग्दासम्म सम्पर्क भएको र त्यसपछि कहाँ जानुभयो भन्ने पत्तो लागेको छैन।
भारत पुगेपछि मोबाइल किन्ने भन्दै उनले मोबाइलसमेत लगेका थिएनन्। घरको फोन नम्बर भने लिएर गएको भए पनि अहिलेसम्म कुनै जानकारी नपाएको उनको भनाइ छ।
उनले आफ्ना पतिलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१४०६३२४१ अथवा ९८१०९५२२०६ मा जानकारी दिनसमेत आग्रह गरेकी छन्।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया