

बाणगंगा ८ को मधुवनमा गाउँघर क्लिनिक संचालन


राजेन्द्र खनाल, कपिलवस्तु । स्वास्थ्य चौकीको पहुँचबाट टाढा रहेको समुदायलाई लक्षित गरी कपिलवस्तुको बणगंगामा गाउँघर क्लिनिक संचालनमा ल्याइएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मोतिपुर स्वास्थ्य चौकीबाट सेवा प्रवाह हुने गरी शुक्रबार मधुवन गाउँमा गाउँघर क्लिनिकको उद्घाटन गरिएको हो ।
सेवा शुभारम्भ सँगै पहिलो दिन नै क्लिनिकबाट २८ जना महिला र १२ जना पुरुषले स्वास्थ्य सेवा समेत लिएको मोपितुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेले जानकारी दिनुभएको छ । गाउँघर क्लिनिकमा स्वास्थ्य चौकी मोतिपुरका नर्सिङ स्टाफ सुन्दरा केसी र जानका पोख्रेलले नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुभएको हो । आफ्नो टोलमै सेवा पाउँदा नागरिकहरु उत्साहित भएका छन् ।
स्वास्थ्य चौकीको पहुँचबाट टाढा रहेका टोल तथा गाउँमा यस्ता खालका गाउँघर क्लिनिक संचालन गर्ने गरिन्छ । गाउँघर क्लिनिकबाट नागरिकहरुले विशेष गरी परिवार नियोजन सेवा, पोषण सेवा, सुत्केरी सेवा, बच्चाहरुको बृद्धी अनुगमन सेवा, क्षय तथा कुष्ठरोग सेवा, सामान्य उपचार सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श लगाएतका सेवाहरु पाउने गर्दछन् । बाणगंगा ८ को मधुवनमा संचालनमा ल्याएको गाउँघर क्लिनिकमा हरेक महिनाको ७ गते स्वास्थ्यकर्मी सहितको टोलीले क्लिनिकबाट सेवा प्रदान गर्ने छन् ।

गाउँघर क्लिनिकको सेवा सुचारु कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता सहित नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक भक्तिराम पाण्डेको प्रमूख अतिथ्यता रहेको थियो भने मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेको संचालनमा कार्यक्रमम सम्पन्न भएको थियो ।
कार्यक्रममा टोल विकास समितिका उपाध्यक्ष भोजराज भटराईको स्वागत सहित महिला स्वास्थ्य स्वयम सेवीका सिता अर्याल, जननी आधारभूत विद्यालयका अध्यक्ष जिवनाथ कडेँल, वडा नम्बर ८ वडा सञ्जालका अधयक्ष दयाराम पौडेल लगएतले सम्बोधन गर्नुभएको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’







प्रतिक्रिया