
निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरको विवरण माग्यो

काठमाण्डौ
निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरबारे २४ घण्टे स्पष्टीकरण मागेको छ ।
आयोगले स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी चुनावको घोषणा भएपछि अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकमान्तर भएको हो भन्दै २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।
आयोगले चुनावको मिति घोषण भएपछि अर्थात साउन १९ गतेयता रकमानान्तर र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टा भित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको हो ।
अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमानान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया