

प्रथम मोतिपुर फुलबारी कप : युनाइटेड पडरिया र डिएमसी तुल्सिपुरको जित





राजेन्द्र खनाल,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मा मंगलबार देखि जारी प्रथम मोतिपुर फुलबारी कप फुटबल प्रतियोगिताको पहिलो चरण अन्र्तगत आज तेस्रो दिनका दुई खेल सकिएका छन् ।
आज भएको पहिलो खेलमा युनाइटेड एफसी पडरियाले जित हात पारेको छ । ९० मिनेटको निर्धारित समयमा पडरियाले ४–१ को जित सहित दोस्रो चरणमा प्रवेश गरेको छ ।
यस्तै आजै भएको दोस्रो खेलमा डिएमसी तुल्सिपुरले चिडिया ब्वाइज फुटबल क्लव रुपन्देहीमाथि २–१ को जित हात पारेको छ ।
आज भएका दुई खेलमा उत्कृष्ट प्रदेर्शन गरेका युनाइटेड एफ्सीका प्रितम राना र डिएमसी तुल्सिपुरका आशिष गुरुङ म्यान अफ दि म्याच बनेका छन् ।
जारी प्रतियोगिता अन्र्तगत भोली शुक्रबार पनि दुई खेल हुने खेल संयोजक सन्दिप क्षेत्रीले बताएका छन् । क्षेत्रीका अनुसार पहिलो खेल बाणगंगा स्र्पोटस एण्ड वेयलफेयर सोसाइटी जितपुर कपिलवस्तु र रत्कोल फुटबल क्वल शिवराजबिच हुने छ भने दोस्रो खेल अमुवा युवा क्लव रुपन्देही र मुहान फुटबल क्वल झँगाह कपिलवस्तु बिच हुने छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित फुलबारी खेल मैदानमा जारी प्रतियागितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियागितामा प्रथम हुने टिमले नगद ७० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने दोस्रो हुने टोलीले नगद ३० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया